माओवादीका देवकोटाले फ्लोर क्रस गरेपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव गण्डकी प्रदेश सभाको बहुमतले पारित भएको छ ।
मुख्यमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावका पक्षमा ३१ सांसदको मत परेको हो । पाण्डेको पक्षमा कांग्रेसका २७, २ सांसद रहेको राप्रपा, स्वतन्त्र १(राजीव गुरूङ) र माओवादी संसदीय दलका सदस्य रहेका एक सांसद फणीन्द्र देवकोटाले पनि मतदान गरेका हुन् । देवकोटा भने बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन्, उनले निर्वाचनमा माओवादीको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका थिए । देवकोटाले संसदीय दलको ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गरी पाण्डेलाई विश्वासको मत दिएका हुन् ।
माओवादी संसदीय दलले पाण्डेको विपक्षमा मत दिन आइतबारै ह्विप जारी गरेको थियो ।
पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संपैधानिक व्यवस्था अनुसार उनले सोमबार त्यससम्बन्धी प्रस्ताव राखेका थिए ।
मुख्यमन्त्री पाण्डेले राखेको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख कृष्णप्रसाद धितालले गरेका हुन् । पक्षमा ३१ र विपक्षमा २८ मत परेको थियो ।
अब मत विभाजनका आधारमा विश्वासको मत सम्बन्धी प्रस्तावको छिनोफानो भएको हो । गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीको दल कांग्रेसका २७, एमालेका २२ माओवादीका ७, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।
असार १ गते प्रदेश सरकारले आउँदो वर्षको बजेट ल्याउनुपर्ने वैधानिक व्यवस्था छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया