करोडभन्दा बढीका सामान चोरी गर्ने पक्राउ

पोखरा ।
पोखरा १७ घारीपाटनका स्थानीयको घरबाट एक करोडभन्दा बढीको धनमाल चोरी गरेको अभियोगमा पक्राउ परेका दुई जना पक्राउ परेका छन् । उनीलाई शनिबार पक्राउ गरी कास्की प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।
पोखरा २२ घर भई पोखरा १३ मियाँपाटन बस्ने वर्ष २१ का नवीन नेपाली र गोरखा घर भई पोखरा ४ गैह्रापाटन बस्ने वर्ष २९ का सुवास थापामगरलाई प्रहरीले शनिबार पक्रेको थियो । उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा आइतबार दिन सात म्याद थप गरी अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
जेठ ११ गते नेपाली र थापामगरले घारीपाटनको लक्ष्मीकान्त शर्माको घर र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर र कोठाबाट सामान चोरी गरेका थिए ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक श्रेष्ठले सुनका गरगहना ४२ तोला, मोबाइल, ल्याप्टप, क्यामेरा तथा अन्य सामान र नगद तीन लाख ८० जारी एक करोडभन्दा बढीका सरसामान चोरी भएको उल्लेख गरे ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट विशेष अनुसन्धान टोली खटिई अनुसन्धान गर्दै जाँदा थापामगर र नेपालीको संलग्नता देखिएको प्रहरीको दाबी छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया