पोखरा लिंकन—लिटिल स्टेप प्लस टु बास्केटबल प्रतियाेगिता हुने
पोखरा ।
पोखरा लिंकन इन्टरनेसनल कलेज तथा लिटिल स्टेप माध्यमिक विद्यालयको संयुक्त तत्वावधानमा जेठ ३१ र ३२ गते संस्थागत एवं सामुदायिक विद्यालयहरुबीच बास्केटबल प्रतियोगिता हुने भएको छ । कक्षा १२ को २०८१ को बोर्ड परीक्षा दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरुबीच दोस्रो संस्करणको पोखरा लिंकन–लिटिल स्टेप +२ (३×३) बास्केटबल टुर्नामेन्ट हुन लागेको हो ।
पोखरा लिंकन इन्टरनेसनल कलेज तथा लिटिल स्टेप माध्यमिक विद्यालयको परिसर, सिमलचौर, पोखरा ८ मा प्रतियोगिता हुन लागेको हो । पोखरा महानगरभरिका विद्यालयका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने छन् ।
अध्ययन–अध्यापनसँगै शारीरि क, मानसिक एवं बौ द्धिक विकासका लागि खे लकुदले पनि उत्तिकै महत्व राख्छ भन्ने मनन गरि विद्यालयले उक्त प्रतियो गिता आयो जना गर्ने निर्णय गरेको जनाएको छ । निजी तवर बाट पनि खे लकुदको विकासमा टे वा पुर्याउने, खे लकुदको माध्यमबाट प्रतियो गीबीच आपसी भाइचारा, सद्भाव, सहकार्य तथा सहभावसहित अनुशासनको महत्व विद्यार्थीहरुमा जगाउने उद्देश्य विद्यालयले राखेको छ । विद्यार्थीहरुलाई खे लकुदले पानेर् सकारात्मक प्रभावबारे अभिभावकलाई बो ध गराउने पनि उद्देश्य छ ।
उक्त बास्केटबल प्रतियो गिता कलेज र विद्यालयले दोस्रोपटक आयोजना गर्न लागेको हो । प्रतियोगितामा टिम दर्ताको अन्तिम मिति जेठ २८ गते थियो । प्रतियोगितामा सहभागी जम्मा टिम १५ हुने भएका छन् । सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भएको उक्त पोखरा लिंकन इन्टरनेसनल कलेजले जनाएको छ ।
तपाईको प्रतिक्रिया