एसइई दिएर बसेका विद्यार्थीलाई ब्युटीपार्लर तालिम

पोखरा ।
बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई ३४ जना छात्रालाई ब्युटीपार्लर तालिम दिएको छ । ७ दिनसम्म सञ्चालन भएको तालिममा विद्यालयका अभिभावकसमेत रहेका ब्युटीसियन सृष्टि पुन र विना थापाले अनुहारको हेरचाह तथा सौन्दर्यकरणका विषयमा सहभागी विद्यार्थीलाई तालिम दिएका थिए । शिक्षक अभिभावक संघको नेतृत्व तथा विद्यालयको व्यवस्थापनमा सञ्चालित तालिमको सोमबार समापन गरिएको छ ।
तालिममा सहभागी विद्यार्थीलाई विद्यालयका प्रअ कृष्णप्रसाद आचार्य, सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, विद्यालय व्यवस्थापन समितिका सदस्य ईन्दु भट्टराई अभिभावकद्वय मुना पौडेल, अन्जना तिमिल्सिना लगायतकाले प्रमाण पत्र प्रदान गरे ।
प्रधानाध्यापक कृष्णप्रसाद आर्चायले अभिभावकले सिकेको सीपलाई विद्यार्थीको माझ पु¥याएको बताए । उनले फुर्सदको समयमा सिप सिक्दा क्षमता वृद्धि हुनुका साथै जीवनोपयोगी हुने वताए । सो अवसरमा प्रशिक्षक पुन र थापालाई विद्यालयले सम्मान समेत गरेको छ । विद्यालयले निकट भविष्यमा विद्यार्थी केन्द्रित अन्य सिप सिकाउने तयारी समेत गरेको बताएको छ ।








फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया