टेवान टाेली विदेश भ्रमणमा
समाधान संवाददाता
२०८१ जेठ ३० गते १०:३९

पोखरा ।
पर्यटन व्यवसायी महिला संघ (टेवान) पोखरा प्रवर्द्धन गर्न बैकंक, सिंगापुर र मलेसिया भ्रमणका लागी प्रस्थान गरेको छ ।
टोलीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सोमबार विदाइ गरेका छन् । मेयर आचार्यले पोखरा प्रवर्द्धनका लागि टेवानको कार्य सराहनीय भएको बताउँदै भ्रमणको शुभकामना व्यक्त गरे ।
१० दिने भ्रमणमा बैकंक, सिंगापुर र मलेसियाका राजदुतावास, पर्यटन व्यवसायी, गैरआवासिय नेपाली संघसंस्थाका पदाधिकारीसँग भेटघाट तथा पोखराको प्रवर्द्धनात्मक कार्यक्रम गरिने टेवान अध्यक्ष कमला गिरीले जानकारी दिइन् । भ्रमण टोलीमा टेवानका पदाधिकारीसहित पत्रकार पनि सहभागी छन्।
विगत ७ वर्षदेखि पर्यटन प्रवर्द्धनका लागि महिला सहभागिता भन्ने नाराका साथ टेवानले महिला सशक्तिकरण, पोखरा प्रवर्द्धन लगायतका कार्यक्रम गर्दै आएको छ ।
सम्बन्धित









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया