एमाले रुपाकाे नेतृत्वमा नीलकण्ठ

पोखरा ।
नेकपा (एमाले) रुपा गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवेशन सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ ।
अधिवेशनले अध्यक्ष नीलकण्ठ रेग्मीको नेतृत्वमा ५५ सदस्यीय कमिटी निर्माण गरेको हो । पहिलो अधिवेशनबाट निर्वाचित अध्यक्ष सवाबक्स मियाँ गण्डकी प्रदेश कमिटीमा मनोनित भएपछि रेग्मीले कार्यवहाकको रुपमा कमिटी चलाएका थिए ।
कमिटीको उपाध्यक्ष तिलकबहादुर अधिकारी क्षत्री, सचिव तिलबहादुर थापामगर, उपसचिव खुला आदर्श सुवेदी, उपसचिव महिला बुद्धिमाया गुरुङ निर्विरोध भएका छन् । अधिवेशनले आनन्दलाल जोशीको अध्यक्षतामा लेखा कमिटी चयन गरेको अध्यक्ष रेग्मीले जानकारी दिए ।
भूगोलतर्फ हरेक वडा, खुल्ला, महिला, दलित, युवा, आदिवासी जनजाति, अल्पसंख्यक र अपांगता भएका व्यक्तिलाई निर्वाचन क्षेत्र मानेर पालिका कमिटी गठन गरिएको हो ।
अधिवेशनले अध्यक्ष रेग्मीले प्रस्तुत गरेको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ । अधिवेशनमा आयोजक, रुपाका ७ वडा, जनसंगठनका गरी १ सय ७१ जना प्रतिनिधिले भाग लिएका छन् ।
कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत ऋषिराम विकले अध्यक्ष रेग्मी र लेखा कमिटीका अध्यक्ष जोशीलाई सपथ ग्रहण गराए । अध्यक्ष रेग्मी र लेखा कमिटीका अध्यक्ष जोशीले दुबै कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराए ।
पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा पोखरा महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङले उद्घाटन गरेको अधिवेशनमा पार्टीका प्रदेश कमिटीका सदस्य काशीमाया गुरुङ, पार्टीका जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, जिल्ला कमिटी कास्कीका सचिव दर्शन लामा, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा जिल्ला कमिटीका सदस्य पुष्पराज सुवेदी पार्टीको संगठन विस्तार र सुदृढीकरणका बारेमा बोलेका थिए ।
पार्टीका केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङ अध्यक्ष, प्रदेश कमिटीका सदस्य गुरुङ, जिल्ला कमिटी कास्कीका अध्यक्ष अधिकारी क्षत्री, जिल्ला कमिटीका सदस्य सुवेदी सदस्य रहेको मण्डलले अधिवेशनको बन्दसत्र चलाएको थियो । ऋषिराम विक प्रमुख निर्वाचन अधिकृत, सदस्यहरु विश्वज्योति सुवेदी र मेलिना नेपाली निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले एमाले रुपाको अधिवेशन गराएको थियो ।
पार्टीका जिल्ला कमिटीका सदस्य नवराज बराल र रुपा ७ का अध्यक्ष कृष्णराज सुवेदी बहस नोट कमिटीमा थिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया