सैनिक श्रीमती संघद्वारा विद्यालयलाई सहयोग

समाधान संवाददाता २०८१ जेठ ३० गते ११:२२

जोमसोम ।
नेपाली सेना अन्तर्गतको सैनिक श्रीमती संघले मुस्ताङको जनहित माध्यमिक विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्रीसहित खाद्यान्न सहयोग गरेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम अवस्थित जनहित माध्यमिक विद्यालयलाई सैनिक श्रीमती संघको पदाधिकारी टोलीले मंगलबार उक्त सामग्री हस्तान्तरण गरेको हो ।

Advertisement


पश्चिम पृतना हेडक्वार पोखरा, २३ नं. बाहिनी बाग्लुङ र नारायण दल गण जोमसोमको समन्वयमा मंगलबार विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग हस्तान्तरण गरिएको हो । सैनिक श्रीमती संघकी अध्यक्ष सुनीता शर्मा र सचिव शोभाना पौडेल लगायत संघका पदाधिकारी तथा सदस्यहरुले मुस्ताङको जनहित माध्यमिक विद्यालयमा पुगेरै उक्त खेलकुद तथा शैक्षिक सामग्रीसहित खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

सामग्री संघकी अध्यक्ष शर्मा र सचिव पौडेलसहित संघको टोलीले सामूहिक रुपमा विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीलाई हस्तान्तरण गरेको हो । संघले चामल, मैदा, चना, भटमास, राजमा र केराउ गरी ६ थरीको खाद्यान्न सहयोग गरेको छ ।

Advertisement


खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा सैनिक श्रीमती संघले जनहित माध्यमिक विद्यालयलाई ४ थान कम्प्युटर सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । नेपाली सेनाले यसै वर्षदेखि जनहितका विद्यार्थीहरुलाई राष्ट्रिय क्याडेट कर्पोरेसन (एनसिसी) तालिम सञ्चालन गर्ने भएको छ ।

केही वर्षअघि नेपाली सेनाले जनहित विद्यालयमा यसप्रकारको एनसिसी तालिम दिएको थियो । कार्यक्रममा संघकी सचिव शोभना पौडेलले श्रीमती संघले २०४० सालको स्थापनाकालदेखिनै विभिन्न कार्यहरु गर्दै आइरहेको उल्लेख गरिन् । जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले नेपाली सेनाद्वारा प्रदान गरिएको सहयोग सह्रानीय भएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया