खरिदको तालिममा प्रतिवद्धता कार्यान्वयन आवश्यक

समाधान संवाददाता २०८१ जेठ ३० गते १२:२६

पोखरा ।
नेपाल खानेपानी संस्थान प्रधान कार्यालय काठमाडौंले कृषि अनुसन्धान निर्देशनालय, लुम्लेमा आयोजना गरेको खरिद सम्बन्धी तालिममा कार्यालयको जिम्मेवारी सम्हालेसँगै प्रमुखले प्रतिवद्धता जनाउन सक्नुपर्ने बताइएको छ ।

Advertisement


तालिमको दोस्रो दिन कार्यक्रमका अध्यक्ष एवं नेपाल खानेपानी संस्थानका प्रोजेक्ट म्यानेजर इन्जिनियर निरण महर्जनले कार्यसञ्चालन खर्च, आवश्यक सामग्रीको पहिचान, बजेट, खरिद प्रक्रिया, मूल्य निर्धारण, कार्य सम्पन्नता लगायत शीर्षकमा सहभागीलाई तालिम प्रदान गरिएको थियो ।


तालिममा छलफल, प्रतिवद्धता, कार्यान्वयन, समन्वय, सहजीकरण र सहयोगको भावना सवै कर्मचारीमा आवश्यक रहेको प्रमुख महर्जनले बताएका थिए । तालिममा सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक गोविन्दप्रसाद घिमिरेले जिल्ला दररेट, बजारको दरभाउ, उद्योग वाणिज्यको मूल्य निर्धारण लिस्ट र अघिल्लो आर्थिक वर्षको मूल्यलाई आधार बनाएर खरिद गर्न सकिने बताए ।

Advertisement

घिमिरेले बोलपत्रको मूल्यांकन, पुनरावलोकन, आर्थिक कार्यविधि, नम्र्स र मापदण्ड र स्वीकृत बजेट तथा कार्यान्वयनलाई ध्यान दिन सहभागि प्रशिक्षार्थीलाई तालिम दिएका थिए ।


दोस्रो दिनको तालिम सेसनमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामचन्द्र दंगालले बोलपत्र मूल्यांकनका सैदान्तिक पक्ष, प्रतिवेदन र स्वीकृति, खरिद अधिकारीको संयोजकत्वमा २ सदस्य टोली गठन लगायत सूचना संकलन विधिमा तालिम दिएको सहायक प्रशासन अधिकृत दीपेश्वर मण्डलले जानकारी दिए ।

Advertisement


तालिमको दोस्रो दिन नेपाल खानेपानी संस्थानका सहायक प्रबन्धक इन्जिनियर शैलेन्द्रकुमार साहले इमान्दारी, निष्पक्षता, दक्षता, प्रतिस्पर्धी एवं जिम्मेवारी वहन गर्नु नै तालिमको उपलब्धि भएको बताएका थिए । तालिम प्रदान गर्दै साहले पैसा बचत भन्दापनि उपभोक्ताको सेवामा गरिने खर्चमा सम्झौता गर्न नहुने धारणा व्यक्त गरेका थिए ।


तालिमलाई सहजीकरण गर्दै पोखरा शाखाका वरिष्ठ सहायक विष्णुप्रसाद रेग्मीले सहभागीलाई स्वागत तथा कार्यक्रम सञ्चालन गरेका थिए । दोस्रो दिनको तालिम समापन गर्दै तालिम शाखा प्रमुख इन्जिनियर निरण महर्जनले विधि र प्रक्रियालाई आत्मसाथ गर्दै भविष्यमा हुन सक्ने कानुनी झमेलाबाट बच्न सार्वजनिक खरिद ऐन र नियमावली निरन्तर अध्ययन गर्न आग्रह गरेका थिए ।


संस्थानको कार्यक्षेत्र भद्रपुरदेखि महेन्द्रनगरसम्मका विभिन्न २३ सहरका लेखा र खरिदमा आवद्ध कर्मचारीहरुको सहभागिता छ । तालिम नेपाल सरकार खानेपानी मन्त्रालय, नेपाल खानेपानी संस्थान र जाइकाको त्रिपक्षीय सम्झौता अनुरुप कर्मचारी क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ४ दिने तालिम गरिएको संस्थानले जनाएको छ ।

तपाईको प्रतिक्रिया