
जोमसोम ।
मुस्ताङमा १५ बोराबाट ३ हजार ३ सय ७९ वटा शालिग्राम मुस्ताङ प्रहरीले बरामद गरिएको छ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङबाट लुकाइछिपाइ जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा उपल्लो मुस्ताङको प्रहरी चाकी घमीले शालिग्राम बरामद गरेको हो ।
प्रहरी चौकी घमीले व्यवसायिक प्रयोजनका लागि ग१च ८१५२ र ध१च ११५६ नम्बरको जिपमा राखेर १५ वटा बोरामा जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको शालिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए । ती शालिग्राम आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)जोमसोमलाई बुझाइएको छ ।
एक्याप जोमसोमले मुस्ताङमा ठूलो परिणाममा व्यावसायिक प्रयोजनका लागि ओसारपोसार गर्ने उद्देश्यले जोमसोम ल्याउँदै गरेको शालिग्राम प्रहरीले बरामद गरी कार्यालयमा पेश भएको जनाएको छ । एक्याप प्रमुख प्रमोदराज रेग्मीले अवैध रुपमा लुकाईछिपाई लैजान लागिएको शालिग्राम कस्को हो भन्ने अझै खुल्न नसकेको जानकारी दिए ।
एक्याप जोमसोमले बरामद गरिएको शालिग्राम आवश्यक कारबाहीका लागि एक्याप जोमसोमबाट एक्यापको प्रधान कार्यालय पोखरामा पठाएको छ । मुस्ताङमा यति ठूलो परिणाममा शालिग्राम बरामद भएको पहिलो घटना हो ।
अन्नपूर्ण संरक्षणको स्वामित्वमा रहेको मुस्ताङमा प्राकृतिक स्रोत साधनको बिना अनुमती ओसारपोसार गर्न पाईदैन । तर, शालिग्रामको हकमा भने एक्याप र जिम्मेवार निकायले व्यवसायिक प्रयोजनका निम्ति शालिग्राम छोडपुर्जी दिने कानुनमा उल्लेख छैन । तर, घरायसी व्यक्तिगत रुपमा भने एक/दुई वटा शालिग्राम लैजानेलाई रोक लगाइएको छैन ।
हिन्दु धर्मालम्बीले शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रुपमा लिने गर्छन् । मुस्ताङमा दामोदरकुण्डको फेद कालिगण्डकी नदीको तटीय क्षेत्रमा शालिग्राम पाइन्छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया