यु– १५ विद्यालय बुद्धिचाल प्रतियोगिता सुरु

समाधान संवाददाता २०८१ जेठ ३० गते १३:४७

पोखरा ।
यु–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० अन्र्तगत बुद्धिचाल पोखराको लेकसाइडमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको संयुक्त आयोजनामा प्रतियोगिता अन्तर्गत बुद्धिचाल बुधबारबाट सुरु भएको हो ।

Advertisement

प्रतियोगितामा सात प्रदेशका छात्र/छात्रा गरी २ टोलीका ४/४ जना गरी ५६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका चिफ आर्विटर बालराम पुनले जानकारी दिए ।


राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ । बिहीबारसम्म सञ्चालन हुने प्रतियोगितामा बुधबार पहिलो दिन ३ वटा खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया