दीर्घायु पोखरा हस्पिटल र पोखरा यातायातबिच सम्झौता

समाधान संवाददाता २०८१ जेठ ३० गते १५:४९

कास्की ।
दीर्घायु पोखरा हस्पिटल प्रालि र पोखरा यातायात प्रालिबीच अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता भएको छ । दीर्घायु पोखरा हस्पिटल प्रालिका प्रबन्ध निर्देशक राधाकृष्ण पोखरेल र पोखरा यातायात प्रालिका प्रबन्ध निर्देशक देवीप्रसाद कुइँकेलले समझदारी गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Advertisement


दीर्घायु पोखरा हस्पिटलका प्रबन्ध निर्देशक राधाकृष्ण पोखरेलले यो सम्झौताले बिरामीहरूलाई अझ छिटो, सुविधाजनक, र सुरक्षित यातायात सेवा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । पोखरा यातायात प्रालिका प्रबन्ध निर्देशक देवीप्रसाद कुइँकेलले अस्पतालसँगको सम्झौता कम्पनीका लागि एक ठूलो अवसर भएको बताए ।


सम्झौता अनुसार पोखरा यातायात प्रालिमा आबद्घ चालक तथा सहचालक, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी दीर्घायु पोखरा हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवाः रेडियोलोजी, फार्मेसी, प्रयोगशाला शुल्क, शल्यक्रिया शुल्क र बेड शुल्क लगायत सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।


सम्झौतापत्रमा हस्ताक्षर गर्दै प्रथम पक्ष दीर्घायु पोखरा हस्पिटलका अधिकृत शालिग्राम गौतम, लेखा प्रमुख रविन वास्तोला, मेट्रोन रिना लामिछाने र द्वितीय पक्ष पोखरा यातायातको तर्पmबाट कम्पनी सचिव जीवनप्रसाद पौडैल र दुर्घटना प्रमुख सूर्य गुरुङको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया