यू–१५ः बास्केटवलमा गण्डकीको विजयी सुरुवात

समाधान संवाददाता २०८१ जेठ ३० गते १५:५८

पोखरा ।

Advertisement

पोखरा रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेल समेत सुरु भएको छ । आज भएको छात्रा तर्फको पहिलो खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।

आजको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ६ को बिरुद्ध फराकिलो २३ स्कोरको अन्तरले पराजित गरेको हो । गण्डकीको जितमा जेनियम श्रेष्ठले ६ स्कोर गरेका थिए । त्यसै गरी आज भएको छात्र तर्फको खेलमा गण्डकीले जित हासिल गरेको छ ।

Advertisement

गण्डकीले लुम्बिनी प्रदेशलाई ४५–२७ को स्कोरले पराजित गरेको हो । गण्डकीको जितमा सौभाग्य पुनले १९ स्कोरको योगदान दिए ।

दोश्रो खेलमा कर्णाली प्रदेशले मधेष प्रदेशलाई १९–४ को स्कोरले जित निकाल्यो । कर्णालीको जितमा सृजना बढुवालले १५ स्कोरको योगदान दिनु भयो । छात्र तर्फ भएको खेलमा प्रिन्स कुसुवाको १८ स्कोरको मद्धतले मधेश प्रदेशले कर्णाली प्रदेशलाई ३१–२९ स्कोरले पराजित गरेको छ ।

आज लिग चरणका खेलहरु पोखरा रंगशालाको बास्केटवल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा जारी रहेका छन् ।

प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम प्रदेश बाहेक अन्य ६ प्रदेश र छात्र तर्फ ७ प्रदेशको सहभागिता रहेको छ । बिहान ७ः०० बजे देखि खेल सुरु हुने भनिए पनि प्राविधिक कारणवश करिब साँढे २ घण्टा पछि मात्र खेलहरु सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया