मुस्ताङ घुम्न आएका एक युवकको मोटरसाईकल दुर्घटना हुदा मृत्यु
जोमसोम— मुस्ताङमा मोटरसाईकल दुर्घटना भई गम्भिर घाईते भएका एक युवकको पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको छ । बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका—३ कालोपानी हुदै लेतेतर्फ जाँदै गरेको ग १५ प नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना कास्की जिल्ला पोखरा महानगरपालिका—११ काउडाँडाका १८ वर्षीय शुभम बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
४ दिन अघि मुस्ताङ घुम्न आएका उनी सवार मोटरसाईकल मंगलबार दिउँसो घर फर्किने क्रममा दुर्घटना भएको मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए । उनका अनुसार चालकले सन्तुलन गुमाउँदा मोटरसाईकल सडकको बाँयातर्फ नालीमा पल्टिन पुगेको थियो ।
दुर्घटनामा घाईत भएका उनलाई तत्काल लेते प्राथमिक स्वास्थ्य चौकीमा पू¥याएको भएपनि थप उपचारका लागि फिस्टेल एअरको हेलि मार्फत मणिपाल अस्पताल पू¥याईएको थियो । उपचारका लागि मणिपाल अस्पताल पू¥याएका बरालको आज दिउँसो उपचारका क्रममा मृत्यु भएको डिएसपी पाण्डेयले जानकारी दिए ।
घटनाका सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया