सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न भट्टराईकाे माग
समाधान संवाददाता
२०८१ जेठ ३१ गते १३:५३
सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नम्बर र बायोमेट्रिक अनिवार्य गर्ने प्रावधान तत्कालका लागि अनिवार्य नगर्न एमाले सांसद विद्या भट्टराईले माग गरेकी छन् ।
बिहीबार प्रतिनिधि सभाको वैठकमा बोल्दै भट्टराईले पनि दुर्गम गाउँदेखि घन्टौं लगाएर अक्सिजन सिलिण्डरसमेत बोक्दै जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने, पालो नपाएर फर्कनुपर्ने बाध्यता रहेको बताइन् ।
‘यसको समाधानका लागि सामाजिक सुरक्षाको भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्नका लागि पूर्वतयारी नपुगेकाले तत्कालका लागि रोक्न उनले माग गरेकी छन् ।
सरकारले प्रयाप्त छलफल गरेर वडास्तरमा निश्चित समयमा घुम्ति शिविर सञ्चालन गरी यसलाई व्यवस्थित गर्नुपर्ने उनकाे सुझाव छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया