मनाङमा लेक लागेर पुरुषकाे मृत्यु

राष्ट्रिय समाचार समिति (रासस) २०८१ जेठ ३१ गते १३:५९
????, ?? ?????? : ????????? ??????? ?????????? ???? ???? ??? ?? ?? ???? ?????? ??????? ?????? ??????? ??????????–? ????? ???????? ???????? ????? ?????? ? ?????? : ???? ????????/????

मनाङ ।

Advertisement

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा लेक लागेर (अक्सिजन अभाव हुँदा) एक नेपाली पर्यटकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङको गंगा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन्।

Advertisement

अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । अधिकारीको शव हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया