प्रदेशसभामा मुख्यमन्त्रीकाे अनुपस्थितिबारे सांसद नेपालीकाे ध्यानाकर्षण

समाधान संवाददाता २०८१ जेठ ३१ गते १५:३९

पाेखरा ।

Advertisement

गण्डकी प्रदेशसभामा बिहीबार भएकाे नीति तथा कार्यक्रम छलफल कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकाे अनुपस्थितिबारे सांसद गाेविन्द नेपालीले ध्यानाकर्षण गराएका छन् ।

‘प्रदेश सभा नियमावली २०८० काे ६ काे उपनियम ५ ले बैठकमा मन्त्रीकाे उपस्थिति अनिवार्य रुपमा हुनु पर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री समेत अनिवार्य अपस्थित हुनुपर्ने छ,’ सांसद नेपालीले भने ।

Advertisement

वैठकमा प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारीले छलफलमा भाग लिएका थिए त्यसपछि मुख्यमन्त्री पाण्डे बाहिरिएका थिए ।

मंगलबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु भएकाे छ।

Advertisement

तपाईको प्रतिक्रिया