मोबाइल तथा इलेक्ट्रिकल्स सामग्री मर्मत तालिम

समाधान संवाददाता २०८१ जेठ ३१ गते १५:५१

पोखरा ।
एसइइ परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्ष्य गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले मोबाइल तथा इलेक्ट्रिकल्स सामग्री मर्मत तालिम कम्प्युटर तालिम दिएको छ । तालिम १३ गतेदेखि सुरु भई बुधबार सम्पन्न भएको हो ।

Advertisement


व्यावहारिक शिक्षा र रोजगारमुखी सिप प्रवद्र्धनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीसँगको साझेदारीमा पोखरा महानगरपालिकाद्वारा गण्डकी बहुप्राविधिक शिक्षालय, सञ्चालित छ । विभिन्न प्राविधिक विषय डिप्लोमा इन अटोमोबाइल, सिभिल, फार्मेसी, स्वास्थ्य सहायक, प्रि–डिप्लोमा तह बालविकास सहजकर्ता विषयको अध्यापनसँगै सिइिभिटीको पाठ्यक्रममा आधारित लामो तथा छोटो अवधीका तालिमहरु शिक्षालयले प्रदान गरिरहेको छ ।


समापन कार्यक्रममा बोल्दै एसइई दिएर बसेका विद्यार्थीको फुर्सदको समयलाई उत्पादनमूलक बनाउने उद्देश्यले निशुल्क मोबाइल तथा इलेक्ट्रिकल्स सामग्री मर्मत तालिम सञ्चालन गरिएको शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाले बताए ।

Advertisement


तालिमका लागि १ सयभन्दा बढीले आवेदन दिएका थिए । उक्त आवेदनहरु मध्य, तालिम योग्यता मापदण्ड पूरा गरेका व्यक्तिहरु २० जनालाई तालिमका लागि छनोट गरिएको थियो ।


तालिमका लागि आवेदनसँगै जन्मदर्ता प्रमाणपत्र, एसइई प्रवेशपत्र र वडाको सिफारिस संकलन गरिएको थियो । छनोटमा परेका उक्त २० जना प्रशिक्षार्थीहरुलाई दैनिक ४ घन्टाको दरले तालिम कक्षा सञ्चालन भएको थियो । यस्तो तालिम एसइईलगत्तै हरेक वर्ष सञ्चालन गरिने पनि शिक्षालयले जनाएको छ ।

Advertisement


कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २९, वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, जनप्रकाश माध्यामिक विद्यालयका प्रअ शेखरनाथ शर्मा, प्रशिक्षक कृष्णप्रसाद धिताल, विवश भण्डारीको उपस्थिति थियो । औपचारिक कार्यक्रम सञ्चालन कार्यक्रम संयोजन सन्तोष शर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया