लेखनाथ उद्योग संघले बनायो पञ्च वर्षे योजना

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघले २०८१/८२ देखि ५ वर्षसम्मको रणनीतिक कार्ययोजना तयार पारेको छ । संघले पाँच वर्षभित्र गर्ने योजना तयार पारी सोही अनुसार अगाडि बढ्ने लक्ष्य लिएको छ ।
२ दिनसम्म तनहुँको बन्दीपुरमा आयोजना गरिएको चौथो कार्ययोजना तर्जुमा कार्यशाला गोष्ठीले कार्ययोजना बनाएको हो । संघ अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्यमशीलता विकास र व्यवसाय प्रवद्र्धनमार्फत राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने लक्ष्यले योजना निर्माण गरिएको हो । सो अवधिमा उद्यमशीलता विकासको माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सुदृढीकरण गर्ने रणनीतिक छ ।
गोष्ठीमा पोखरा महानगरपालिका सहरी योजना आयोगका सदस्य डा होमनाथ गैरेले सहजीकरण गरेका थिए । संघका महासचिव जानुका अधिकारीले सञ्चालन गरेको कार्यक्रममा संघका वरिष्ठ सल्लाहकार विश्वगोपाल श्रेष्ठ, डिलकुमारी दाहाल (सन्ध्या) र वस्तुगत संस्थाको तर्फबाट लेखनाथ निर्माण व्यवसायी समिति अध्यक्ष प्रेमबहादुर थापा, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा लगायतले बोलेका थिए ।








त ल्हो आशिमाला !
सम्पादकीय—नयाँ मतदाताको परीक्षा
फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया