फणीन्द्र देवकोटालाई सांसदबाट पदमुक्त गर्न माओवादीको पत्र प्रदेश सभामा

पोखरा ।
माओवादी केन्द्रले गण्डकी प्रदेशमा आफ्नो पार्टीको संसदीय दलको सदस्य रहेका सांसद फणीन्द्र देवकोटलाई पदमुक्तिको कारबाहीका लागि प्रदेश सभालाई पत्राचार गरेको छ । देवकोटाले माओवादीको हि्वप उल्लंघन गर्दै २८ जेठमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएका थिए ।
राजनीतिक दल सम्बन्धी व्यवस्थाअनुसार हि्वप उल्लंघन गर्ने सांसदलाई पार्टीले पदमुक्त गर्न सक्ने व्यवस्था अनुसार माओवादीले देवकोटालाई सांसदबाटै पदमुक्तको कारबाही निर्णय गरेको छ । सोही अनुसारको पत्र उसले प्रदेश सभालाई पठाएको हो । यसअघि देवकोटालाई माओवादीले स्पष्टीकरण सोधेको थियो । देवकोटाले आफू माओवादी नभई नेपाल समाजवादी पार्टीको सांसद भएको प्रष्टीकरण बुझाएका थिए ।
देवकोटा नेसपाका नेता हुन् । तर उनी गएको प्रदेश सभा निर्वाचनमा गोरखा २ (१)बाट माओवादीको चिन्हबाट चुनाव लडेका थिए । सोही आधारमा उनी गण्डकी प्रदेश सभामा माओवादी संसदीय दलको सदस्यसमेत बनेका थिए ।
माओवादीले पठाएको पत्र सभामुखले पढेर सुनाए भने सांसद देवकोटा सांसदबाट पदमुक्त हुन्छन् । उनी २९ जेठमा ऊर्जा मन्त्रीसमेत नियुक्त भएका थिए । सांसदबाट पदमुक्त भए उनको मन्त्री पद पनि जानेछ ।
सांसद देवकोटाले माओवादी ह्विप उल्लंघन गर्दै विश्वासको मत दिएकैले कांग्रेस नेता पाण्डे नेतृत्वको सरकार जोगिएको थियो ।








ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया