३३ अर्बको बजेट

पोखरा ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले शनिबारको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
चालु वर्ष गण्डकीले ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट कार्यान्वयन गर्दै छ । यसपालि गण्डकी बजेट करिब आधा अर्ब घटेको छ । चालुतर्फ बजेटको ३९.९१ प्रतिशत अर्थात् १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख विनियोजन भएको छ । पुँजीगततर्फको बजेट ५९.१९ प्रतिशत हो
मन्त्री गुरुङले प्रदेशलाई आगामी वर्ष नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड ८८ लाख र राजस्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख प्राप्त हुने बजेटमा उल्लेख गरेका छन् । प्रदेशलाई रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानबाट ३ अर्ब १० करोड ११ लाख, समपुरक अनुदान १ अर्ब १९ करोड र विशेष अनुदान ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान छ ।
प्रदेशको अन्तरिक राजस्व ५ अर्ब १७ करोड हुने र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनबाट २ अर्ब ९४ करोड मौज्दात अनुमान छ । प्रदेशलाई बाँकी १ अर्ब ७० करोड आन्तरिक ऋण उठाउने सरकारको योजना छ । आन्तरिक ऋण उठाउनले कुरा अघिल्ला बजेटमा पनि उल्लेख भएकोमा अहिलेसम्म कार्यान्वयन भएको छैन ।
यसपालिको गण्डकीको बजेटले कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । गाँजा खेतीका कानुन बनाई कार्यान्वयन गर्ने र मोवाइल माटो अस्पताल सञ्चालन गर्ने सरकारी योजना छ । कृषि र पर्यटन लक्षित लगानी जुटाउन उत्पादन बढाउन इन्भेस्ट गण्डकी कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
सत्ता साझेदार राप्रपालाई खुसी बनाउन सरकारले पृथ्वीनारायणको शालिक बनाउने र पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने
प्राङ्गारिक बाली ब्रान्डिङ र महामारीबाट विस्थापित किसानलाई सघाउने योजना पनि बजेटले समेटेको छ । बजेटमा एक निर्वाचन क्षेत्र, एक स्मार्ट फार्म कार्यक्रमसमेत समावेश छ । आगामी वर्ष कृषि तथा भूमी व्यवस्था मन्त्रालयका लागि २ अर्ब ९ करोड बजेट छ ।
सरकारले प्रदेशस्तरीय भूउपयोग योजना तयार गर्ने भएको छ । प्रदेशलाई खाद्यान्न, तरकारी र फलफूलमा आत्मनिर्भर बनाउने मन्त्री गुरुङले उल्लेख गरे । मध्य पहाडी लोकमार्गको गोरखामा पर्ने पालिकाहरुमा बाख्रा विकास कार्यक्रम चलाइने भएको छ ।
सरकारले प्रदेशका भेटेरिनरी अस्पतालहरु स्तररोन्नति गर्ने भएको छ । पोखरामा बनेको मोडेल भेटेरिनरी अस्पताललाई रेफरेन्स अस्पतालका रुपमा विकास गर्न बजेट विनियोजन भएको छ ।
गण्डकीका पदमार्गहरुको प्रवर्धन, धार्मिक तीर्थस्थलहरुको प्रवर्धन र साइकल लेन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ । हिमाल आरोहणसम्बन्धी जनशक्ति उत्पादनका लागि समेत यसपालि सरकारले बजेट छुट्याएको छ । पर्यटन उद्योग वन तथा वातावरण मन्त्रालयका लागि ९१ करोड ५१ लाख रकम छ ।
सरकारले नवलपुरको लोकाहाखोला र कास्कीको पुँडीटारमा बनाइने प्रादेशिक औधोगिक क्षेत्रमा पूर्वाधार निर्माण थाल्ने जनाएको छ । आगामी वर्ष प्रदेशका विभिन्न पालिकामा बनाइने औधोगिक ग्राममध्ये तीन औद्योगिक ग्राम निर्माण गरी सञ्चालन गर्ने सरकारी लक्ष्य छ । प्रदेशको पहिचान झल्काउने उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । त्यस्ता उत्पादनलाई बजारीकरण गर्न कोसेलीघर खोलिने भएको छ ।
सरकारले गण्डकी विश्वविद्यालयलार्ई विशिष्टिकृत विश्वविद्यालय र अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने भएको छ । यो विश्वविद्यालय प्रदेश सरकारले नै सञ्चालन गरेको हो । यस्तै, सरकारले बौद्धिक अपांगता भएका बालबालिकाका लागि विद्यालय निर्माण एवं सञ्चालनका गर्ने भएको छ । लेखनाथमा निर्माणाधीन यो विद्यालयको गति निकै धीमा छ ।
सत्ता साझेदरा राप्रपालाई खुसी पार्न सरकारले पुस २७ गते पर्ने पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने भएको छ । गण्डकी सरकारले पोखरा महानगरमा पृथ्वीनारायण शाहको शालिक स्थापना गर्न बजेट विनियोजन गरेको छ । पोखरा महानगरले पनि चोकहरुमा रहेका शालिक विभूति पार्कमा हस्तान्तरण गरिरहेको छ ।
आगामी वर्ष सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका लागि पाँच अर्ब ४७ करोड बजेट ट । सरकारले केही अस्पताल र आयुर्वेद केन्द्रलाई स्तरोन्नतिका लागि बजेट छुट्याएको छ । यातायात व्यवस्था कार्यालयका सबै अभिलेखलाई डिजिटालाइजेसन गर्न बजेट विनियोजन गरेको सरकारले सवारी चालक अनुमति पत्र प्रदेशमै छाप्ने योजनासमेत बनाएको छ ।
स्थापनाको करिब सात वर्षसम्म पुरानो भवनबाट काम चलाइरहेको प्रदेशसभाका लागि नयाँ भवन बनाइने भएको छ । प्रदेशसभा भवनका लागि आगामी वर्ष ९ करोड राखिएको छ । गण्डकीमा आगामी वर्ष भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका लागि १२ अर्ब ७० करोड १६ लाख बजेट छ ।
सरकारले आगामी वर्ष नै उज्यालो गण्डकी घोषणा गर्ने तयारी गरेको छ । अत्यावश्यकबाहेक नयाँ गाडी खरिद नगरिने उल्लेख गरिएको बजेटमा ऊर्जा र खानेपानी तथा सिँचाइ मन्त्रालयका लागि ४ अर्ब २ करोड विनियोजित छ ।
यथाशक्य पुराना खानेपानी योजना सम्पन्न गर्न बजेट व्यवस्था गरेको रप्रदेश गौरव, बहुवर्षीय र अधुरा आयोजनालाई आगामी वर्ष सकिने गरी रकम व्यवस्थापन गरिएको मन्त्री गुरुङको भनाइ छ । सरकारले पत्रकारका लागि लेखनवृत्तिका लागि आगामी वर्ष पनि बजेट विनियोजन गरेको छ । यसपालि पनि रहेको कार्यक्रम कार्यान्वयन हुन सकेन ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया