मार्क्सवादी अध्ययन स्रोत केन्द्रमा झलकपाणि

पोखरा ।
मार्क्सवादी अध्ययन स्रोत केन्द्र पोखरा नेपालको भेलाले झलकपाणि तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । केन्द्रको उपाध्यक्षमा दुर्गादत्त भण्डारी, सचिव डिल्लीराज ढुंगाना, सहसचिव दुर्गा भुजेल र कोषाध्यक्षमा कल्पना चिलुवाल छन् ।
संस्थाका सदस्यमा रवीन्द्र घिमिरे, राजेन्द्र पौडेल, परशुराम कोइराला, आरती अधिकारी र सीता नेपाली छन् । सल्लाहकारमा रामराज रेग्मी, हरि अधिकारी, तारा बराल, सावित्रा दुरा र नारायण अधिकारी छन् ।
संस्था अध्यक्ष रामराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र अनुशासन आयोगका सदस्य कोमलनाथ बरालले संस्थाले लिनुपर्ने बाटोबारे प्रकाश पारे । नवनिर्वाचित अध्यक्ष तिवारीले संस्थालाई मार्क्सवाद, जीवन र अबको कार्यभारबारे बुझ्न, जान्न चाहनेहरुको साझा संस्थाका रुपमा विकास गरिने उल्लेख गरे ।
भेलाले सचिव दुर्गादत्त भण्डारीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र पौडेलको आर्थिक प्रतिवेदन पारित गरेको छ । तारा बराल, नारायण मरासिनी र तारानाथ सुवेदी रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमितिको निर्वाचन प्रक्रियाका लागि सहजीकरण गरेको थियो ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया