वितरक महासंघमा ढुंगाना

समाधान संवाददाता २०८१ असार २ गते १४:००
oplus_0

पोखरा ।
नेपाल वितरक महासंघ, गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न भएको दोस्रो साधारणसभा तथा अधिवेशनले बद्री ढुंगानाको अध्यक्षतामा १३ सदस्यिय समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

Advertisement


समितिको वरिष्ठ उपाध्यक्षमा रमेश अधिकारी, उपाध्यक्षमा मनोज अधिकारी, महासचिवमा सुरेन्द्रकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा बिजेन्द्र शर्मा पौडेल चुनिएका छन् । समितिका कार्यसमिति सदस्यहरुमा जितबहादुर खनाल, गुरुप्रसाद नेपाल, ज्ञानेन्द्र गौतम, नीरज श्रेष्ठ, हेमन्त बानियाँ, राजाराम शर्मा र बालकृष्ण श्रेष्ठ छानिएका छन् ।


समितिमा निवर्तमान अध्यक्ष तेजेन्द्र पौडेलसहित प्रत्येक जिल्ला तथा नगर संघका अध्यक्षहरु पदेन सदस्य रहने प्रावधान रहेको निर्वाचन समितिका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । निर्वाचन समितिमा दिलीपकुमार श्रेष्ठ र कृष्णप्रसाद शर्मा सदस्य थिए ।
यसैबीच अधिबेशनको उदघाटन गर्दै नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्तले वितरक महासंघमा ४३ जिल्ला शाखा र ३ हजार सदस्य रहेको भन्दै ७७ जिल्लामा नै महासंघको शाखा पुर्‍याउने र हजारौं वितरकहरु बढाइने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement


महासंघका निवर्तमान अध्यक्ष सुरेश अधिकारीले अहिले हरेक व्यवसाय संकटमा रहेको भन्दै व्यवसाय सफल रुपमा अगाडि वढाउन सबै वितरकहरु एकतावद्ध भइ अगाडि बढ्नुपर्ने जानकारी गराए । महासंघका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्यले संस्था स्थापना गर्नुका विविध पक्षबारे जानकारी गराए ।


कार्यक्रममा नेपाल वितरक महासंघ, गण्डकी प्रदेश समितिका अध्यक्ष तेजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद गौतम, नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल, मदिरा व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष गोविन्द केसी, अधिकृत विक्रेता संघ दमौली शाखा अध्यक्ष हरि खड्का, महासंघका उपाध्यक्ष मनोज अधिकारी तथा महासंघका महासचिव मनोज अधिकारी लगायतले नेपाल वितरक महासंघले गर्नुपर्ने काम तथा आगामी दिनमा महासंघले सदस्यहरुको संरक्षण, कर्तव्य र व्यावसायिक अधिकारका विषयमा आआफ्ना धारणा राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया