गैह्रापाटन नेवाः समाजलाई सहयोग

समाधान संवाददाता २०८१ असार २ गते १४:०३

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ९ ले गैह्रापाटन नेवाः समाजलाई लाखे नाचका लागि आवश्यक सामग्री सहयोग गरेको छ । धिमे बाज २ थान, ढलकी २ थान, झ्याली २ थान, लाखे पोशाक १ थान, ख्वापा तथा चम्मर गरी १ लाख बराबरका सामग्री वडाध्यक्ष दीपेन्द्र मर्सानीले हस्तान्तरण गरे ।

Advertisement


उनले नेवारी परम्परा र संस्कृति जगेर्ना गर्ने कार्यक्रममा वडाको तर्फबाट सधैँ सहयोग र सद्भाव रहने वाचासमेत गरे । वडा सचिव कुुलराज पौडेलले हस्तान्तरण गरिएका सामग्रीको सुुरक्षा र संस्कृति अन्य जातजातिमा पनि हस्तान्तरण गर्नुुपर्ने भनाइ राखे ।


गैह्रापाटन नेवाः समाजका अध्यक्ष नारायणकुमार श्रेष्ठले सो सहयोगले नेवारी संस्कृति जगेर्नाका लागि सहयोग पुग्ने जनाए । नेवाः खल कास्की अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तीर्थ श्रेष्ठ, वडा सदस्यहरु लक्ष्मी पहारी, नन्दराम गिरी तथा गीता नेपालीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया