३८ युनिट रगत संकलन
पोखरा ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा लेक भ्यालीद्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ ।
रक्तदानको शुुभारम्भ गर्र्दै पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुुबहादुर भट्टराईले रक्तदान जीवनदान भएको बताए ।
पोखरामा आएका भारतीय पर्यटक बसहरू यहाँका स्थानीय दृश्यावलोकनका गन्तव्यमा समेत पुुग्दा यातायात व्यवस्थापनमा असहजका साथै यहाँका व्यवसायीहरू मर्कामा परिरहेको बताउँदै उनले यसका लागि सम्बन्धित निकायमा पहल गर्ने विश्वास व्यक्त गरे ।
एनटिभिए गण्डकीका अध्यक्ष एवं लायन्स क्लब अफ पोखरा लेक भ्यालीका सचिव दुुर्गादत्त दहालले सामाजिक उत्तरदायित्व बहन गर्दै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै आइएको बताए ।
लायन्स क्लब अफ पोखरा लेक भ्यालीका अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का द्वितीय उपाध्यक्ष तारानाथ पहारीले प्रत्येक थोपा थोपा रगतको महत्व हुने बताउँदै रक्तदान अरुका लागि जीवनदान हुने उल्लेख गरे ।
एनटिभए गण्डकीका अध्यक्ष दुुर्गादत्त दहालको अध्यक्षता एवं एनटिभिए गण्डकीका महासचिव एवं कार्यक्रम संयोजक विकास कँडेलले सञ्चालन गरेको कार्यक्रममा एनटिभिए गण्डकीका पूर्व अध्यक्ष एवं सल्लाहकार बबरजंग गुरुङ, सल्लाहकारहरू सोमबहादुर थापा, गणेशबहादुर सापकोटा, पर्यटन सम्बद्ध संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि लगायतको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया