धादिङ समाजका सदस्यलाई उपचारमा छुट
समाधान संवाददाता
२०८१ असार २ गते १५:४४

पोखरा ।
धादिङ–पोखरा सम्पर्क समाजका सदस्य र सदस्यका परिवारजनले पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा उपचार गर्दा छुट पाउने भएका छन् । यसका लागि समाज र अस्पतालले शुक्रबार सम्झौता गरेको हो । पछि नविकरण गर्न सक्ने गरी हाललाई दुई वर्षका लागि सो सम्झौता भएको हो ।
सम्झौतापत्रमा समाजका अध्यक्ष रामप्रसाद पाण्डे राजु र अस्पतालका व्यवस्थापक सुरेशराज सुवेदीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बेड चार्जमा २० प्रतिशत, सर्जरी अपरेसनमा १० प्रतिशत, प्रोसिजर जाँचमा १० र फार्मेसीमा ५ प्रतिशत छुट हुनेछ । सो अवसरमा अस्पतालका मार्केटिङ म्यानेजर शोभाखर पाण्डे, समाजका पूर्वअध्यक्षद्वय कृष्णकुमार श्रेष्ठ, कृष्णबहादुर लम्साल र सचिव दिनेश तुलाधर सहभागी थिए ।
सम्बन्धित








राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया