एमाले अन्नपूर्णमा चूडामणि निर्वाचित

समाधान संवाददाता २०८१ असार ३ गते ११:०९

पोखरा ।
नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा चूडामणि अधिकारी निर्वाचित भएका छन् । कमिटीको दोस्रो अधिवेशनमा नेतृत्व चयनको लागि भएको निर्वाचनमा अधिकारी ६८ मत ल्याएर विजयी भएका हुन । अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर गुरुङले ६२ मत पाएका छन् ।

Advertisement


आयोजक कमिटी, प्रतिनिधिसहित १ सय ४८ प्रतिनिधिले भाग लिएको अधिवेशनमा १ सय ३२ मत खसेको प्रमुख निर्वाचन अधिकृत गौरी सुवेदीले जानकारी दिए । कमिटीको उपाध्यक्षमा एकदेव देवकोटा ७८ मतका साथ विजयी भएका छन् ।

उपाध्यक्षका प्रतिस्पर्धी सञ्जय पौडेलले ५३ मत पाएका छन् । सचिवमा मिकास गुरुङ निर्विरोध भएका छन् । उपसचिव खुलामा हेमराज अधिकारीले ६६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामप्रसाद ढुंगानाले ६२ मल ल्याएका छन् । उपसचिव महिलामा पुष्पा पुनले ८१ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धी खीमा भण्डारीले ४८ मत ल्याएकी छिन् ।

Advertisement


लेखा कमिटीको अध्यक्षमा शिवहरि सुवेदी ८५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी चिरञ्जीवी पौडेलले ४८ मत पाएका छन् । पालिकाका भूगोलतर्फ ११ वडा, युवा खुल्ला, युवा महिला, उत्पीडित, श्रमिक लगायतका निर्वाचन क्षेत्रबाट ७४ सदस्यीय कमिटी चयन गरिएको छ ।


अधिवेशनको समापन समारोहमा प्रमुख निर्वाचन अधिकृत सुवेदीले अध्यक्ष अधिकारी र लेखा कमिटीका अध्यक्ष सुवेदीलाई सपथ गराए । कमिटीका अध्यक्ष अधिकारी र लेखा कमिटीका अध्यक्ष सुवेदीले पदाधिकारी तथा सदस्यलाई सपथ गराए ।

Advertisement


पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेको अधिवेशनमा स्थायी समितिका सदस्य थममाया थापा, पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य राजीव पहारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, एमाले अन्नपूर्ण गाउँकमिटीका निवर्तमान अध्यक्ष विवेक देवकोटा, सहसचिव दानबहादुर केसीले पालिकाको विकास निर्माणमा पार्टीले खेल्नुपर्ने भूमिकाको बारेमा बोलेका थिए ।

पार्टीका जिल्ला कमिटीका सदस्य गौरीप्रसाद सुवेदीको संयोजकत्वमा ज्ञानबहादुर केसी, विष्णुप्रसाद अधिकारी र नवीन गिरी सदस्य रहेको निर्वाचन कमिटीले अधिवेशन गराएको थियो ।

तपाईको प्रतिक्रिया