अञ्जुली स्कुलमा शिविर

समाधान संवाददाता २०८१ असार ३ गते ११:१८

पोखरा ।
पोखरा १ टुँडिखेलमा रहेको अञ्जुली आवासीय माविले शनिबारका निशुल्क स्वास्थ्य सिविर आयोजना गरेको छ । सिविरमा विद्यार्थी र अभिभावक गरी साढे चार सयले सेवा लिएका छन् ।

Advertisement


विद्यालयकी प्रधानाध्यापक सुनिता कुँवर केसीले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै सर्वाङ्गीण विकासका लागि विद्यालयले ध्यान दिएको जनाइन् ।

कार्यक्रममा डा तारानाथ पौडेल, डा अनुज थापा, डा कुमार गिरी, डा कृष्ण खाँड, ड अखिल बराल, डा अमृत केसी, डा गोविन्दराज पाण्डे, डा एलिजा कर्मचार्य लगायतले जाँच गरेका थिए ।

Advertisement

विद्यालयका डाइरेक्टर राजु केसी यस्ता शिविरले विद्यार्थी र अभिभावकमा स्वास्थ्य सचेतनासमेत बढाउने उल्लेख गरे ।

भएतापनी अञ्जुली आवासिय माविले २० प्रतिशत छात्रावृती प्रदान गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया