लेखनाथ हार्डवयर एसोसियसनको सहयोग
लेखनाथ ।
लेखनाथ हार्डवयर एसोसियसनले दसौं वार्षिकोत्सवको अवसरमा बौद्धिक अपांगता भएकाहरूको हित गर्दै आएको सुनौलो विहानी संस्थालाई खाद्य सामग्री सहयोग गरेको छ । एसोसिएसनले निःशुल्क स्वास्थ्य शिविर पनि गर्यो ।
पोखरा महानगरपालिका वडा नम्बर ३० पावरहाउसमा रहेको सुनौलो विहानी संस्थाका मस्तिष्क पक्षघात स्वावलम्बन बालबालिकालाई शनिबार पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले संस्थाका उपाध्यक्ष विश्वराज लामिछानेलाई खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा लेखनाथ हार्डवयर एसोसियसनका अध्यक्ष अर्जुनराज पगेनी, संक्रामक तथा सरुवा रोग अस्पतालका डा. सन्दीप ओझा, राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल, संस्थाका वरिष्ठ सल्लाहकार भक्तबहादुर केसी, कार्यक्रम संयोजक एवं संस्थाका सदस्य सुवास कँडेल लगायतले धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रम सञ्चालन संस्थाका महासचिव शिवराज अधिकारीले गरेका थिए । सोही अवसरमा सुनौलो विहानी संस्थामा रहेका बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श दिइएको थियो ।
तपाईको प्रतिक्रिया