हाजिरी जवाफमा रत्नशोभा मावि प्रथम

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २८ वडा कार्यालयको आयोजनामा सम्पन्न भएको वडा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा रत्नशोभा माध्यमिक विद्यालय प्रथम भएको छ ।
आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीहरु बिच सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा लेखनाथ आधारभूत विद्यालय द्वितीय, भुर्तेल आधारभूत विद्यालय तृतीय भए । सिद्ध आधारभूत विद्यालयले सान्त्वना पुरस्कार पायो ।
पोखरा २८ का वडा सदस्य एवं पोखरा महानगर शिक्षा परिषदका सदस्य डाल्डादेवी भुजेलले प्रथम, द्वितीय र तृतीय भएका विद्यालयका विद्यार्थीहरुलाई बधाइ दिइन् ।
जनज्योति माविका प्रधानाध्यापक रुद्रबहादुर थापा, लेखनाथ आधारभूत विद्यालयका शिक्षक सुनीता भुजेल लगायतले वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता अति महत्वपूर्ण कार्यक्रम भएको बताए ।
वडा सदस्य डाल्डा देवी भुजेलको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको थियो । जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर थापाले कार्यक्रम सहजीकरण गरेका थिए ।







फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया