राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो स्थापना दिवस मनाउँदै

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो स्थापना दिवसको अवसरमा एक हप्ते कार्यक्रमहरु आयोजना गर्दै मनाउने भएको छ । रास्वपाले असार १ गते देखी असार ७ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाउने गण्डकी प्रदेश प्रवक्ता विकास भुर्तेलले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा विभिन्न जिल्लाहरूमा हालैसालै निमार्ण सम्पन्न भएका तथा निर्माणाधीन भौतिक पूर्वाधारका योजनाको अनुगमन, रक्तदान, बृक्षारोपण, सरसफाई, शुभकामना आदानप्रदान, चियापान तथा अन्य विविध कार्यक्रम आयोजना गर्ने निर्णय भएको जानकारी भुर्तेलले दिए ।
यसै अवसरमा कास्की जिल्लाले असार १ गते निर्माणाधीन मध्यपहाडी राजमार्गको स्थलगत निरीक्षण गरिसकेको, असार ५ गते चिप्लेढुङ्गाको मानव अधिकार चोकमा रक्तदान, असार ६ गते पोखराका विभिन्न ठाउँमा सरसफाई तथा बृक्षारोपण र असार ७ गते गण्डकी प्रदेश कार्यालय, पोखरामा चियापान कार्यक्रम आयोजना गरिएको कास्की जिल्ला संयोजक योगराज पौडेलले जानकारी दिए ।








थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया