क्रिकेटमा नवलपुर र स्याङ्जाको जित

पोखरा ।
गण्डकी प्रदेश स्तरीय टि–२० पुरुष क्रिकेट अन्तर्गत नवलपुर र स्याङ्जाले जित निकालेका छन् । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी समूह ‘बी’ को खेलमा उनीहरुले जित निकालेका हुन् ।
नवलपुरले पर्वत विरुद्धको खेलमा ६ विकेटले जित हात पारेको छ । वर्षाका कारण ५ ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुवात गरेको पर्वतले ७ विकेट क्षतिमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए भने अमृत गुरुङले १५ बलमा २ चौका र १ छक्काको मद्दतले २३ रन जोडे । पर्वतका दीपेन्द्र भण्डारीले १३, रोशन गौतमले ११ र सन्देश खड्काले १० रन जोडे ।
नवलपुरका लागि बलर ऋषी गोविन्द श्रेष्ठले ३ ओभरमा १९ रन दिएर ३ विकेट लिए भने कमल परियारले २, सुदीप अर्याल र स्वीकार श्रेष्ठले समान १ विकेट लिए । ९४ रन पछ्याएको नवलपुरले १३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो ।
खेलको म्यान अफ दि म्याचसमेत बनेका नवलपुरका प्रमिश अर्यालले ३६ बलमा ४ चौका प्रहार गर्दै ३४ रन जोडे ।
अर्का ओपनर गोविन्द विक भने शून्य रनमा पेभिलिएन फर्किए । उनी रन आउट भएका हुन् । रिजन काफ्लेले १६ बलमा २ चौकासहित २७ रनमा नटआउट रहे भने दीपक डुम्रेले १४ रनको योगदान दिए । पर्वतका रोशन गौतमले २ विकेट लिए भने विकाश क्षेत्रीले १ विकेट आफ्नो नाममा लेखाए ।
स्याङ्जाका किरणले लिए ५ विकेट
गोरखा विरुद्धको खेलमा स्याङ्जाका बलर किरण भट्टराईले ५ विकेट लिँदा स्याङ्जाले १० विकेटले सम्मानजनक जित दर्ता गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको गोरखा १८.१ ओभरमा सबै १० विकेट गुमाउँदै ७४ रनमा समेटियो । अतिरिक्त १३ रनसमेत पाएको गोरखाका गौरव पौडेलले ३५ रनको योगदानबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
स्याङ्जाका किरणले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २ मेडनका साथ ७ रन दिएर ५ज नालाई आउट गरे । उनी खेलको म्यान अफ दि म्याचसमेत घोषित भए । त्यस्तै विपिनराज न्यौपानेले ३ं.१ ओभरमा ४ रन दिएर ३ विकेट लिए भने अंकित न्यौपाने र तुल्सी भण्डारीले समान १ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको स्याङ्जाले विस्फोटक ब्याटिङ गर्दै ८.४ ओभरमा कुनै पनि विकेट नगुमाई ७५ रनको लक्ष्य भेट्टायो । स्याङ्जाका ओपनर खेलाडीद्वय ईश्वर क्षेत्री र करण पगेनीको जोडीले उत्कृष्ट ब्याटिङ गर्दै लक्ष्यमात्रै भेट्टाएनन्, टिमका लागि २ अंकसमेत जोडे । ईश्वरले २३ बलमा ३ चौका र ३ छक्काको मद्दतले ३६ रन बनाउँदा करणले २९ बलको सामना गर्दै ३ चौक र १ छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए ।
मंगलबार पहिलो खेल पर्वत र स्याङ्जाबीच हुनेछ भने दोस्रो खेल पर्वत र नवलपुरले खेल्ने छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनोटसमेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गतेसम्म चल्नेछ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया