धर्मसभा नेपाल कास्कीमा मोक्षनाथ

पोखरा ।
राष्ट्रिय धर्मसभा नेपाल जिल्ला कार्यसमिति कास्कीको छैठौं अधिवेशनबाट मोक्षनाथ तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति र सल्लाहकार समिति निर्विरोध भएको छ ।
नवनिर्वाचत समितिमा वरिष्ठ उपाध्यक्ष कुलप्रसाद भण्डारी, उपाध्यक्ष दीपक सापकोटा, सचिव शिवबहादुर बराल, कोषाध्यक्ष हरिलाल गिरी, सहसचिव धना पोखरेल, सहकोषाध्यक्ष शशि शर्मा अधिकारी र प्रवक्तामा जमुना सुवेदी छन् । सदस्यमा सावित्री बस्याल, सुभद्रा चालिसे, नन्दप्रसाद बराल, सन्त बलराम सिग्देल, भीमराज भण्डारी, शिवप्रसाद गौतम, सीता खड्का, इन्दिरा आचार्य, जानुका चालिसे, रुद्रमणि ढुंगाना, भरत गिरी, धनपति अधिकारी र टुल्की पौडेल(मनिषा) छन् ।
सल्लाहकारमा विश्वेश्वर ढकाल, केशवराज भण्डारी, कृष्णप्रसाद चापागाईँ, ठाकुरप्रसाद बराल र डा. सुजनबाबु पौडेल चयन भएका छन् । कार्यक्रममा राष्ट्रिय धर्मसभा नेपालका केन्द्रीय अध्यक्ष प्राडा माधव भट्टराईले सनातन धर्म संरक्षणमा संघ शक्तिमा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।
सभाले महासचिव रामनाथ अधिकारी ‘संगी’को सचिवको प्रतिवेदन, कोषाध्यक्ष हरिलाल गिरीको लेखा प्रतिवेदन पारित गर्यो । संस्थाका अध्यक्ष कृष्णप्रसाद चापागाईँको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष केशवराज भण्डारी, उपाध्यक्ष ठाकुरप्रसाद बराल, जमुना सुवेदी, सीता खड्का लगायतले बोलेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया