कम्पोस्ट मल बनाउन सिकाउँदै हेरालो प्रतिष्ठान

पोखरा ।
हेरालो प्रतिष्ठान कास्कीले अर्चलबोट आमा समूहमा आवद्ध महिलालाई कम्पोस्ट मल बनाउन सकाएको छ । फोहोर व्यवस्थापनबारे अन्तक्र्रियासहित भएको कार्यक्रममा सरल विधिबाट कम्पोस्ट मल बनाउन सिकाइएको हो ।
हेरालो प्रतिष्ठानको आयोजना र अर्चलबोट आमा समूहको सहआयोजनामा भएको सो कार्यक्रममा पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानांगले पोखरा सफा, सुन्दर र हराभरा भएमात्रै पर्यटनको राजधानी घोषणाले सार्थकता पाउने जनाए । यस खालका कार्यक्रमलार्य आवश्यक सहयोगका लागि वडा कार्यालय तयार रहेको उनको भनाइ छ ।
हेरालोका संस्थापक अध्यक्ष महेन्द्र श्रेष्ठले तीन प्रकारका फोहोरमध्ये दुई प्रकारलाई मोहरमा परिणत गर्न सकिने औंल्याए । यो विधि अपनाए उनले कम्पोस्ट मल बनाउने बिधि सिकाउँदै ल्यान्डफिलमा १० प्रतिशतभन्दा पनि कम फोहोर मात्रै जाने बताए । अर्चलबोट आमा समूहकी अध्यक्ष सुशीला बराल रेग्मीले र आजकल थोरै फोहोर फाल्नु सभ्य नागरिकको परिचय हो भनेर धेरैले बुझेको जनाइन् ।
आमा समूहकी पूर्वअध्यक्ष कल्पना सुवेदीले हेरालोको नारा र आजको कार्यक्रमबाट आफू प्रभावित भएको जनाइन् । धनराज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा नीरज थापा, रोश गुरुङ, तिलक थापा लगायतले बोलेका थिए । विविध कार्यक्रमका साथ हेरालो रजत महोत्सव वर्ष २०८१ मनाउने सिलसिलामा भएको सो कार्यक्रममा आमा समूहलाई हेरालोको तर्फबाट २ कम्पोस्ट ड्रमसमेत प्रदान गरिएको छ ।









‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
लेखनाथ महोत्सवलाई आमा समूहको साथ
विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया