सगरमाथा स्कुलका विद्यार्थीले गरे लभ्लीडाँडा सफाई

पोखरा ।
पोखरा–४ मा अवस्थित सगरमाथा निकेतन स्कुलका विद्यार्थीले शनिबार बिहान लभ्लीडाँडा सरसफाइ गरेका छन् । विद्यालयमा गठन गरिएको स्काउट दलका विद्यार्थी र शिक्षकसहित २५ जनाको टोलीले लभ्ली डाँडाको सरसफाइ गरेको हो ।
विद्यार्थीहरुले सो क्षेत्रबाट कुहिने तथा नकुहिने गरी १५ बोरा फोहर संकलन गरी नष्ट गरेको विद्यालयका प्राचार्य दिलीप शर्माले जानकारी दिए । उनका अनुसार वातावरणप्रतिको सचेतना अभिवृद्धिका लागि कार्यक्रम गरिएको हो ।
‘विद्यार्थीलाई बाहिरी ज्ञानसँगै वातावरणप्रति सचेतना अभिवृद्धि गर्न विद्यार्थी, शिक्षक तथा कर्मचारी भएर सरसफाई कार्यक्रम गरेका हौँ । यसले जथाभावी फोहोर गर्नु हुँदैन भन्ने सन्देश समेत दिएको छ,’ प्राचार्य शर्माले भने ।
विद्यार्थीले लभ्लीडाँडाको फोहोर संकलन गरेपछि त्यहाँ अहिले सफा देखिएको छ । विद्यार्थीले जथाभावी फालिएका प्लाष्टिक, बोत्तल तथा अन्य फोहोर संकलन गरेका हुन् ।









‘निर्वाचनको विकल्प छैन’
४८ पिन्ट रगत
वृद्धाभत्ता सहारा एकेडेमीलाई
दुर्घटना घटाउन पहल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया