बाच्छिवुडुवाकाे गौशालालाई माछापुच्छ्रे बैंकको १० लाख

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १४ बाच्छिवुडुवामा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला)लाई माछापुच्छ्रे बैंकले नगद १० लाख सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको निर्देशक रोशन केसीले बताए ।
सडकमा छोडिएका पशुचौपायालाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासंघको काममा बैंकका तर्फबाट सहयोग गरिएको हो । छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने केसीको विश्वास छ ।
गौशालालाई उक्त सहयोग उपलब्ध गराएर बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न पाएकोमा आफूहरूलाई गर्व लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सुनाए ।
निर्देशक केसी, प्रमुख कार्यकारी अधिकृत कोइराला र बैंकी प्रमोटर प्रेमकुमारी केसीले उक्त रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले गौशाला रहेको क्षेत्रमा वृक्षारोपणसमेत गरेका छन् ।
राष्ट्रिय परोपकार महासंघका संस्थापक एवं गोकुलधामका परिकल्पनाकार पण्डित कमलनयन गौतमले बैंकप्रति आभार प्रकट गरे । गोकुलधाममा रहेका पशुचौपायाको पालनपोषणका लागि विभिन्न दाताबाट सहयोग आउने क्रममा जारी रहँदा बैंकले गरेको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वबापत नगद १० लाख निकै महत्वपूर्ण रहेको उनले जनाए ।
बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले सरोकारवाला सबैलाई घच्घच्याउनका लागि गोकुलधामको प्रारम्भ गरिएको उनको भनाइ छ ।
‘यो समग्र रूपमा पोखराको अर्को एउटा नयाँ गन्तव्य स्थल बन्नेछ, यो केवल गोठमात्र होइन, नजरले हे¥यो भने त गोठ हुन्छ, तर, सूक्ष्म आँखा खोल्यौ भने साँच्चिकै गौशाला हुन्छ,’ गौतमले भने, ‘यो छाडा छोडिएका पशुहरूलाई थुन्ने कान्जी हाउस होइन ।
कान्जी हाउस पहिला थियो, अब यो पवित्र गौशालामा परिणत भइसकेको छ, यहाँ गौ माताको रेखदेख र सुसार हुन्छ ।’ गोबर र गौमुत्रको प्रशोधन गरी दशौँ रोपनी बन्जर जमिनलाई अर्गानिक उत्पादनको थलोका रूपमा विकास गरिएको उनले सुनाए ।
गाईसँग जोडिएर गर्न सकिने उपचारका पद्धति, अध्ययनका विद्या, प्रशोधन पश्चात् मानवका लागि आवश्यक सामग्री उत्पादन गर्दै आगामी दिनमा यसलाई आत्मनिर्भर बनाउने दिशा तर्फ लैजाने योजनासमेत गौतमले सुनाए । पोखरा आउने पर्यटक, भ्रमणका लागि आउने विभिन्न स्वदेशी तथा विदेशी समूह, विद्यार्थी सबैलाई गौशालासम्म पुग्ने अवस्थाको सृजना गरिने उनको भनाइ छ ।
हाल गौशालामा गाई, गोरु गरी ३ सय चौपाया छन् । पोखरा महानगरपालिकाको व्यवस्थापनमा सञ्चालित गौशाला सडकमा छोडिएका पशुचौपायाको आश्रय स्थल बनेको छ । साथै महानगर क्षेत्रमा पशुपालन व्यवसाय गरेका व्यवसायी तथा घरमा पालिएका घरपालुवा पशुचौपायका धनीलाई जथाभावी रूपमा सडकमा पशुचौपाया नछोड्न महानगरपालिकाले पटक पटक आग्रह गर्दै आएको छ ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया