पोखरामा विश्व संगीत दिवस मनाइँदै

समाधान संवाददाता २०८१ असार ६ गते १३:५९
Oplus_0

पोखरा ।
जुन २१ तारिख अर्थात विश्व संगीत दिवस । संगीत दिवसको अवसरमा पोखरामा पनि यहाँ रहेका विभिन्न सांगीतिक÷वाङ्मयिक संस्थाहरुको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रम गरी मनाइँदै छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव साहित्यकार तीर्थ श्रेष्ठको परिकल्पनामा २०६० सालमा पहिलोपटक पोखराका संगीत सम्बद्ध संस्थाहरुले यो दिवस मनाउन सुरु गरेका हुन् ।

Advertisement


संगीत, कला र साहित्यको क्षेत्रमा संरक्षकको रुपमा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानले यस वर्षको कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गर्दैछ ।

मुख्य आयोजकको रुपमा तरेली सांस्कृतिक परिवार र सह–आयोजकमा हिमाली सांस्कृतिक परिवार, पोखरेली युवा सांस्कृतिक परिवार, संगीत प्रशिक्षण केन्द्र, सप्तरंगी सांस्कृतिक प्रतिष्ठान, अलिमिया लोक वाङ्मय प्रतिष्ठान, भक्ति संगीत प्रतिष्ठान, पोखरेली कलाकार संघ, त्रिवेणी संगीतालय, जोजिजु म्युजिक सेन्टर, कर्णप्रिय संगीतालय, बालन एवं कला प्रतिष्ठान, लोकभजन चुड्का संरक्षण प्रतिष्ठान, विश्वहिन्दु महासंघ, सप्तरंगी साहित्य प्रतिष्ठान, झलकमान गन्धर्व सारंगी पाठशाला, धनबहादुर गायक स्मृति प्रतिष्ठान, राष्ट्रिय संगीतकर्मी संघ गण्डकी, आदिम कला केन्द्र, शास्त्रीय संगीत समाज नेपाल गण्डकी र बिटुडी डान्स स्टुडियो छन् ।

Advertisement


अघिल्लो वर्षको कार्यक्रमको मुख्य आयोजक सप्तरंगी सांस्कृतिक प्रतिष्ठान थियो । विभिन्न विधाका गीत÷संगीत, नृत्य लगायत सांस्कृतिक प्रस्तुतिहरु रहने र प्रवेश निःशुल्क रहेको यो विशेष कार्यक्रम असार ७ गते शुक्रबार दिउँसो १ः०० बजे गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा हुने जानकारी कार्यक्रम संयोजक तरेली सांस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङले जानकारी दिए ।


विश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँंदै छ । सन् १९८२ जुन २१ तारिखमा फ्रान्समा यो दिवस पहिलोपटक मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व संगीत दिवस मनाउने गरिएको हो । अहिले विश्वका १ सय बढी देशमा संगीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा २०४५ सालदेखि संगीत दिवस मनाउन थालिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया