पायक पर्ने ठाउँबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने
पोखरा ।
आफुलाई पायक पर्ने ठाउँबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने जिल्ला प्रशासन कार्यालय कास्कीले बताएको छ ।
भीड धेरै भएर सेवाग्राहीलाई सास्ती भएपछि उनीहरुको सहजताका लागि पायक पर्ने स्थानबाट सेवा वितरण गरिने प्रशासन कार्यालयको भनाइ छ ।
कास्कीका विभिन्न ५ स्थानबाट सेवा प्रवाह गरिने कार्यालयले बताएको छ । पोखरा महानगरपालिकामा वडा नम्बर १ को कार्यालय, वडा नम्बर १७ को कार्यालय र वडा नम्बर २७ को कार्यालयबाट सेवाग्राहीले सेवा लिन सक्नेछन् ।
अन्नपूर्ण र मादी गाउँपालिकाका नागरिकले जिल्ला प्रशासन कार्यालय र रुपा गाउँपालिकाका नागरिकले इलाका प्रशासन कार्यालय लेखनाथबाट सेवा लिन पाउँनेछन् ।
कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रको आवेदन संकलन गर्ने, फोटो खिच्ने प्रयोजनको लागि कास्की जिल्ला स्थायी ठेगाना भएका नागरिकहरुले तपशिल बमोजिमको स्थानबाट सेवा लिन सकिने छ । उल्लेख गरिएका स्थानबाट नागरिकले राष्ट्रिय परिचय पत्रको आवेदन र फोटो खिच्नेमात्रै सेवा प्राप्त गर्नेछन् ।
कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रको आवेदन संकलन गर्ने, फोटो खिच्ने प्रयोजनका लागि कास्की जिल्ला स्थायी ठेगाना भएका नागरिकहरुले तपशिल बमोजिमको स्थानबाट सेवा लिन सकिने छ । उल्लेख गरिएका स्थानबाट नागरिकले राष्ट्रिय परिचयपत्रको आवेदन र फोटो खिच्नेमात्रै सेवा प्राप्त गर्नेछन् ।
गृह मन्त्रालय साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । परिचयपत्रको विवरण दर्ता प्रकिया झन्झटिलो हुँदा ज्येष्ठ नागरिकहरु घण्टौं लाइनमा बस्नुपर्ने साथै अनेकौं सास्ती भोग्न बाध्य छन् । निशुल्क भनिएको सेवा भए पनि शुल्कसहित अनलाइनमा फाराम भरेर आउनुपर्ने बाध्यतासमेत छ । तर हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि भने राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको सरकारको भनाइ छ ।
फारम भरेपछि डिजिटल तस्बिर, दुवै हातका १० औंलाको रेखासहित डिजिटल ल्याप्चे छाप, हस्ताक्षर लगायतका वैयक्तिक तथा जैविक विवरण उपलब्ध गराउ डेढ महिनापछिको मिति आउँछ बल्ल ।
२÷३ वर्ष पहिले नै आवेदन दिसकेकाहरुले समेत राष्ट्रिय परिचयपत्र नम्बर पाउन सकेका छैनन् । त्यही नम्बर थाहा पाउन कर्मचारीलाई प्रश्न गर्दा यो दिन आउनुस्, त्यो दिन आउनुस् भन्दै पन्छिने गरेको अर्का सेवाग्राही दुःख पोख्छन् ।
राहदानी विभागले इपासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयहरुमा नागरिकको भीड लागेको छ । भीड बढेसँगै परिचय पत्रका लागि सेवाग्राहीले डेढ–दुई महिनासम्म कुर्नुपर्ने भएको छ ।
२०४७ साल वैशाख १६ गते कास्की जिल्ला प्रशासन कार्यालयमा आगलागीका हुँदा सबै अभिलेख नष्ट भएकाले त्यस मिति भन्दा पहिले बनेका नागरिकता फेरि बनाउनुपर्ने भएकाले ज्येष्ठ नागरिकको भीड झन् बढी छ ।
तपाईको प्रतिक्रिया