पलाँचेखोला झोलुंगे पुल निर्माण सम्पन
समाधान संवाददाता
२०८१ असार ६ गते १४:३९
पोखरा ।
मादी गाउँपालिका वडा नम्बर ८ स्थित पोशी बेशीमा रहेको पलाँचे खोलामा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ ।
गत फागुनदेखि निर्माण सुरु गरिएको पुल जेठमा सम्पन्न भएको हो ।
पुलको अन्तिम जाँच पासका लागि सब इन्जिनियार पदमराज गुरुङको टोली, ८ का वडाध्यक्ष प्रेमबहादर गुरुङ, निर्माण उपभोत्ता समितिका अध्यक्ष दुर्गाकुमारी गुरुङ लगाएत स्थानीयको उपस्थिती थियो ।
पुलको लम्बाइ ६६ मिटर छ । मादी गाउँपालिका, स्याप संस्था र स्थानीयको श्रमदान गरि साढे ३१ लाख रुपैयाँ लागतमा निर्माण भएको समितिका सचिव चुलबहादुर गुरुङले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया