कञ्चन क्यापिटलको वार्षिकोत्सव

पोखरा ।
कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरण लगायत कार्यक्रम गरेको हो ।
सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए । मानव जीवन रक्षाका निम्ति रक्तदान प्राथमिकतामा परेको उनले बताए ।
बुधबार सम्मान, पुरस्कारसहित वार्षिकोत्सवको मुख्य कार्यक्रम रहेको अध्यक्ष गुभाजुले बताए । कार्यक्रममा ‘कृष्णमान स्मृति उत्कृष्ट कर्मचारी २०८१’ बाट मञ्जु भण्डारी र निर्मला गुरुङ श्रेष्ठ पुरस्कृत भएका थिए । प्रालिमा रहेर उत्कृष्ट कार्य गरेका उनीहरुलाई नगदसहित सम्मानपत्र, मायाको चिनो र दोसल्लाले सम्मान गरिएको हो ।
अघिल्लो दिन रक्तदान गर्ने सेयरधनी, कर्मचारी तथा परिवारजन रक्तदातालाई कदरपत्र प्रदान गरिएको थियो । सेयरधनी राकेशमान बुद्धाचार्यलाई उनकै छोरीले मृगौला प्रत्यारोपण गरी सहयोग गरेकाले सोही कार्यक्रममा छोरी रिकेशाना बुद्धाचार्यलाई सम्मान गरिएको छ ।
उच्च शिक्षा हासिल गरेका सेयरधनीका छोरीहरु रिकेशाना बुद्धाचार्य र सुविक्षा गुभाजूलाई पनि सम्मान गरियो । यसबाहेक प्रालिले वर्षभर विभिन्न संघ, संस्थालाई आर्थिक सहयोग गरेको उनले सुनाए । सबैको सहयोग र साथले थप रचनात्मक कार्यका लागि प्रोत्साहन मिलेको उनको भनाइ थियो ।
२०७६ मा स्थापना भएको प्रालिको पोखरा महानगरका विभिन्न स्थानमा ५ सुन र एउटा चाँदीको व्यावसायिक फर्म छ । अर्चलबोटमा कञ्चन डिमार्टमेन्टल स्टोर पनि सञ्चालनमा छ । १७ जना सेयर सदस्य रहेको प्रालिमा करिब २ सय कर्मचारी कार्यरत छन् ।








अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौं टुर दी पोखरा’को तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया