रास्वपाको स्थापना दिवसमा वृक्षरोपण

समाधान संवाददाता २०८१ असार ६ गते १६:०४

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफनो दोस्रो स्थापना दिवसको अवसर पारेर कास्कीको विभिन्न ठाउँमा वृक्षरोपण तथा गोडमेल गरेको छ । असार १ गते देखि साताव्यापी कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको रास्वपाले बिहीबार कास्कीको ४ ठाउँमा वृक्षरोपण तथा गत वर्ष लगाएको बिरुवाको गोडमेल गरेको हो ।

Advertisement


पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत वातावरणको संरक्षण गर्दै पर्यावरणलाई सन्तुलन राख्ने उद्देश्यले कास्कीको सहिद पार्क, पोखरा १७ को बिरौटा, पोखरा २९ र ३३ को सेती नदीको किनारा मदौरे घाट र पोखरा २७ को कवि शिरोमणि लेखनाथ पौडेलको जन्मगाउँ अर्घौं अर्चलेमा वृक्षरोपण तथा गोडमेल गरिएको हो ।


पोखरा २७ को अर्घौ अर्चलेमा राखिएको कार्यक्रममा रास्वपाका कास्की सहसंयोजक राजु राई, कास्की क्षेत्र नम्बर १ का सभापति श्रीकृष्ण लामिछाने र सचिव श्रवणराज कट्टेलले पार्टीले अगाडि सारेका नीति तथा कार्यक्रमलाई दुरदराजमा रहेका गाउँ तथा टोल टोलमा पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

Advertisement


साताव्यापी वार्षिकोत्सवका कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशभित्रका जिल्लाहरूमा हालसालै निर्माण सम्पन्न भएका तथा निर्माणधिन भौतिक पूर्वाधारका योजनाको अनुगमन, रक्तदान र सरसफाइका कार्यक्रमहरु सम्पन्न भइसकेका छन् ।

असार ७ गते शुक्रवार पार्टीको गण्डकी प्रदेश कार्यालय पोखरामा शुभकामना आदानप्रदान तथा चियापानसहित स्थापना दिवसका कार्यक्रम समापन गर्न लागिएको गण्डकी प्रदेशका प्रवक्ता विकास भुर्तेलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया