शिवशक्तिमा आँखा शिवर
पोखरा ।
नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति माविको आयोजनामा सम्पन्न निशुल्क आँखा शिविरबाट करिव ४ सय जना लाभान्वित भएका छन् ।
पोखरा ११ स्थित नेपाल युवा रेडक्रस सर्कल शिवशक्ति माविको आयोजनामा बुधबार विद्यालयमा भएको शिविरबाट करिव ४ सय जना लाभान्वित भएका हुन् ।
कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्मचार्यले उद्घाटन गरे । उनले आँखाको नानी जीवनको केन्द्र रहेको बताउँदै आँखा सुरक्षासम्बन्धी सचेतना विद्यालय तहबाटै बढाउन आवश्यक रहेको औंल्याए ।
हिमालय आँखा अस्पतालका निर्देशक धर्मेन्द्रकुमार घोडासैनीले विद्यालय स्तरमा आँखा सुरक्षासम्बन्धी कार्यक्रम निकै प्रभावकारी कार्यक्रम रहेको सुनाए ।
जुनियर युवा रेडक्रस समिति संयोजक रमेशराज भण्डारीले कार्यक्रमका हिसावले नमुना विद्यालयको रुपमा शिवशक्तिलाई लिएको बताए ।
सल्लाहकार सूर्यप्रसाद तिमिल्सिना, शिक्षक गोविन्दप्रसाद अधिकारी, गुरुप्रसाद तिवारी, राजकुमार गुरुङ लगायतले बोलेका थिए ।
डा प्रेरणा भण्डारी, सन्ध्या ढकाल, एलिना अधिकारी र प्रमिला पौडेलसहितको टोलिले आँखाको जाँच गर्नुका साथै आँखा स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएका थिए । आवश्यक औषधी वितरण समेत गरिएको शिक्षक नायक शर्मिला बराल सापकोटाले जानकारी दिइन् ।
नेयुरेस शिवशक्ति माविका अध्यक्ष युवती जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक शर्मिला बराल सापकोटाले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया