लायन्स क्लब अफ पोखरा गण्डकीको माइन्युट हस्तान्तरण

समाधान संवाददाता २०८१ असार ६ गते १६:४७

पोखरा ।
लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको लायन वर्ष २०२४/०२५ का लागि नवनिर्वाचित नेतृत्वलाई माइन्युट हस्तान्तरण गरिएको छ । लायन वर्ष २०२३/०२४ का अध्यक्ष रूद्रबहादुर श्रीसले नवनिर्वाचित अध्यक्ष लायन सन्तुदेवी सुवेदीलाई माइन्युट हस्तान्तरण गरिएको हो ।

Advertisement


सोमबार आयोजित कार्यक्रममा बोल्दै क्लबकी संस्थापक अध्यक्ष एवं लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालकी लायन्स ब्रान्डिङ डिपार्टमेन्ट प्रमुख पिएमजेएफ कोपिला श्रीसले नयाँ नेतृत्वले क्लबलाई क्रियाशील बनाउने विश्वास लिएको बताइन् ।


क्लबका पूर्व अध्यक्ष एवं डिस्ट्रिक्ट लायन्स ब्रान्डिङ डिपार्टमेन्टका सचिव कुश्मराज सुवेदीले नियमित बैठक र सेवा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए । क्लबकी पूर्व अध्यक्ष एवं डिस्ट्रिक्टका डिपार्टमेन्ट सहसचिव उषा थापाले क्लबलाई सामाजिक सेवाका कार्यमा पनि क्रियाशील बनाउनुपर्नेमा जोड दिइन् ।


क्लबकी नवनिर्वाचित अध्यक्ष सन्तुदेवी सुवेदीले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै क्लबलाई अघि बढाउन आफूले अग्रजको साथ लिएर अघि बढ्ने बताइन् । नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिँदै लायन वर्ष २०२३/०२४ का अध्यक्ष रूद्रबहादुर श्रीसले नयाँ नेतृत्वलाई आफ्नो पूर्ण साथ रहने प्रतिबद्धतासहित शुभकामना दिए । सो अवसरमा अध्यक्ष श्रीसले संस्थापक अध्यक्ष कोपिला श्रीससहित पूर्व अध्यक्षद्वय कुश्मराज सुवेदी र उषा थापालाई प्रशंसापत्रसहित सम्मान गरे ।


कार्यक्रममा क्लबकी नवनिर्वाचित अध्यक्ष सन्तुदेवी सुवेदी लायन्स इन्टरनेसनलको अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन अस्ट्रेलियाको मेलबर्न जान लागेकोमा सुखद यात्राको कामना गर्दै क्लबले बिदाइ गरेको छ । करिब तीन महिना अस्ट्रेलिया भ्रमणमा रहने भएका कारण नवनिर्वाचित अध्यक्ष सुवेदीले क्लबको कार्यवाहक अध्यक्षका रुपमा प्रथम उपाध्यक्ष सुशीला विश्वकर्मालाई जिम्मेवारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया