पदमुक्त भएका सांसद फणीन्द्रद्वारा सर्वोच्चमा रिट दायर

पोखरा ।
नेकपा माओवादी केन्द्रले कारबाहीका कारण पदमुक्त भएका गण्डकी प्रदेशसभाका पूर्व सदस्य तथा पूर्वमन्त्री फणीन्द्र देवकोटाले आफ्नो पुनर्बहाली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जेठ ३२ गते पदमुक्त भएका उनले बिहीबार सर्वोच्च अदालतमा रिट हालेका हुन् ।
माओवादी संसदीय दलले लगाएका हि्वप उल्लघन गर्दै जेठ २८ गते देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । सोही कारण माओजवादी केन्द्रले उनलाई सांसद नरहने गरी आफ्नो संसदीय दलको सदस्यबाट निस्कासनको कारबाही गरेको थियो । त्यस आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा जेठ ३२ गतेको सभामा पढेर देवकोटा पदमुक्त भएको सुनाएका थिए ।
माओवादीको चुनाव चिन्ह लिएर देवकोटा गोरखा २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको पोलिटब्युरो सदस्य हुन् । नेपालको राजनीतिक दल सम्बन्धी ऐन अनुसार उनी प्रदेश सभामा चाहि माओवादीको संसदीय दलको सदस्य थिए । तर पार्टीचाहिँ नेसपा भएको हुँदा उनले आफूलाई माओवादीले कारबाही गर्न नमिल्ने भन्दै सांसदमा पुनर्बहालीको मागसहित सर्वोच्च गएका हुन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया