माछापुच्छ्रेमा चट्याङले ३२ भेडा मारिए

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ च्याङलुङमा परेको चट्याङले एक भेडी गोठमा पालेका ३२ भेडा मरेका छन् । गत असार ५ गते बेलुका परेको चट्यङका कारण गाउँमा एसखर्कको शिरा भूमिबराह भेडा फारमका ती भेडा मरेको फार्म सञ्चालक लीलबहादुर क्षत्रीले जानकारी दिए ।
सो फार्ममा २ सय भेडा थिए । उनले चट्याङले करिब ७ लाख क्षति भएको छ । उनले पछिल्ला समयमा सरकारी निकायले भेडा, बाख्राको पशु बिमाको व्यवस्था नगर्दा क्षतिपूर्तिका लागि समस्या भएको जनाए ।
क्षेत्रीले माछापुच्छ्रे गाउँपालिका लगायत सबै सरकारी निकायलाई क्षतिक बारेमा जानकारी दिएको उल्लेख गरे ।
च्याङलुङबाट निकै टाढा करिब ३ हजार ४ सय मिटर उचाइमा रहेका एसखर्कको भेडी गोठ भौगोलिक विकटताका कारण सरकारी निकायका प्रतिनिधिले क्षतिको स्थलगत अनुगमन गर्न नसकेको उनले बताए ।
युवाले स्वदेशमै पेशा व्यवसाय गर्ने उद्देश्यले विगत ५ वर्षदेखि फर्म सञ्चालन गरेको जानकारी दिँदै उनले चट्याङ लगायत प्राकृतिक प्रकोप र जंगली जनावरको आतंकबाट भेडालाई जोगाउन कठिनाई भएको जनाए ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया