पोखरा १३ लाई हेमजा भेट्रान्स कप उपाधि

समाधान संवाददाता २०८१ असार ९ गते १२:२१

हेमजा ।
हेमजा भेट्रान्स कपको उपाधि पोखरा १३ ले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर १३ वडा नम्बर १२ लाई ३–० गोल अन्तरले पराजित गर्दै बिजेता बन्यो । खेलको ७ औं मिनेटमा नरेन्द्रजंग गुरुङले पहिलो गरे ।

Advertisement

राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा गरी थप २ गोल गर्न सफल भए । वडा नम्बर १२ ले उप–विजेतामा नै चित्त बुझायो ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार ११ र उप–विजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

Advertisement


वडा नम्बर १२ का नितेस श्रेष्ठले प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार रुपैयाँका साथमा ट्रफी प्राप्त गरे । वडा नम्बर १३ का राजकुमार गुरुङ सर्वाधिक गोलकर्ता, खमबहादुर गुरुङ उत्कृष्ट गोलरक्षक, अमित परियार वेष्ट डिफेन्डर, विजय कुमार बेष्ट मिडफिल्ड, नरेन्द्रजगं गुरुङ बेस्ट फरवार्ड घोषित हुँदै प्रत्यक विधामा नगद २ हजार रुपैयाँ साथमा ट्रफी प्राप्त गरे । प्रतियोगितामा पोखरा महानगरपालिका १३ वटा वडाका १४ टिमको सहभागिता थियो ।

हेमजा युनाइटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखरा–२५ हेमजा, गौरीशंकर खेलमैदानमा असार १ गतेदेखि जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ शुक्रवार दर्शकको उल्लेखनीय उपस्थितिका साथ सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया