नेत्रज्योति संघको योजना गोष्ठी

पोखरा ।
नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पतालले आगामी आर्थिक वर्ष सम्पादन गर्ने योजनाबारे छलफल गरेको छ । पोखरामा शनिबार भएको वार्षिक कार्ययोजना तर्जुमा गोष्ठीमा गण्डकी प्रदेश र कर्णाली क्षेत्रमा सञ्चालित आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुको योजनाबारे छलफल भएको हो ।
नेपाल नेत्रज्योति संघले पोखरा १७ मा हिमालय आँखा अस्पताल सञ्चालन गरिरहेको छ । तीन दशकअघि सञ्चालनमा आएको यो अस्पतालले गण्डकी र कर्णालीका विभिन्न जिल्लामा २७ आँखा उपचार केन्द्र चलाइरहेको छ । आइतबार आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुका इन्चार्जका लागि पुनर्ताजगी तालिम आयोजना गरिएको छ ।
शनिबारको गोष्ठीमा अस्पतालको सेवा विस्तार, आँखा उपचार केन्द्रहरुको गुणस्तरमा वृद्धि, समुदाय तहमा आँखा जाँच एवं शल्यक्रिया पुर्याउने उपायबारे खोजी गरिएको अस्पतालको नेत्र अधिकृत गोविन्दनाथ योगीले बताए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ गण्डकी अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले विगतका योजनाहरुको समीक्षा गर्दै नयाँ योजना बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘विगतमा हामीले बनाएका योजनाहरु कत्तिको कार्यान्वयन हुन सके, कति हुन सकेनन्, समीक्षा गर्नुपर्छ ।’ नेत्रज्योति संघ कास्की अध्यक्ष सुरेन्द्र थापामगरले विगतका कमी, कमजोरीको निर्मम समीक्षा गर्दै नयाँ योजना निर्माण गरिएको जनाए ।
हिमालय आँखा अस्पताल नेपालमा आँखा उपचारको जग र जरा भएको उल्लेख गर्दै उनले सरकारले गर्नुपर्ने काम गरे पनि सरकारबाट उचित सहयोग नपाएको जनाए ।
उनले अस्पतालका केही अत्यावश्यक सामानमा समेत भ्याट लगाएकाले त्यो नहटे अस्पताल चलाउन सक्ने अवस्था नहुने उल्लेख गरे । अस्पताल व्यवस्थापन समिति सदस्य डा नन्द श्रेष्ठले योजना गोष्ठीलाई औपचारिकतामात्रै नबनाउन आग्रह गरे ।









पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
ताल बाराही स्कुल ६८ वर्षमा
हाइड्रोविरुद्ध मादीवासीका २२ बुँदे माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया