कारागारका महिलालाई सेनेटेरी प्याड वितरण

समाधान संवाददाता २०८१ असार ९ गते १६:५३

पोखरा ।

Advertisement

महिला पर्यटन व्यवसायी मञ्चको आयोजना एवं जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलालाई शनिबार सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरिएको छ ।


सामाजिक उत्तरदायित्व अन्तर्गत कारागाराका महिलालाई सेनेटेरी प्याड लगायतका समाग्री हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिइन् । महिलालाई अत्यावश्यक सेनेटरी प्याड १ हजार २ सय थान, म्याट्रेक्स एक रोल र युरो गार्ड एक थान हस्तान्तरण गरिएको हो ।

Advertisement


मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष जमुना पराजुली, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्मा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया