पर्यटन यातायात मजदुर र व्यवसायीलाई तालिम

पोखरा ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा पर्यटन यातायात क्षेत्रका मजुदर (चालक/सहचालक) तथा व्यवसायीलाई तालिम दिइएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्यटनमैत्री वातावरणका लागि यातायात व्यवस्था राम्रो हुनुपर्नेमा जोड दिए । यातायात व्यवस्थालाई सहज एवं प्रभावकारी बनाउनका लागि राम्रो इन्जिनियरिङ भएको बाटो, सवारी साधनको राम्रो इन्जिनका साथै यातायात शिक्षाको पालना आवश्यक भएकोमा उनको जोड छ ।
पर्यटक यातायात सेवामा सञ्चालन हुने सवारी साधनमा इम्बोस्ड नम्बर पहिचान दिने खालको बनाउन आवश्यक पहल भइरहेको उनको भनाइ छ । एनटिभिए गण्डकी अध्यक्ष दुर्गादत्त दहालले २ सय ४० प्रतिशत भन्सारका साथै वार्षिक नवीकरण लगायतका कारणले पर्यटक यातायातका साधन खरिद एवम् सञ्चालन खर्चिलो भएको दाबी गरे ।
विदेशी ठूला ठूला सवारी साधन स्थानीय दृश्यावलोकन गन्तव्यमा पुुग्दा पर्यटन क्षेत्र अस्तव्यस्त बनिरहेको बताउँदै उनले ती सवारी साधनलाई व्यवस्थित पार्किङ गरी स्थानीय सवारीसाधनबाट दृश्यावलोकनको व्यवस्था मिलाउनु जरुरी रहेको औंल्याए । पर्यटक यातायात सेवाको प्रभावकारिताका लागि तालिम आयोजना गरिएको बताउँदै उनले तालिममा १ सय जनाभन्दा बढीको सहभागिता रहेको जानकारी दिए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले पर्यटक सवारी साधनप्रतिको विश्वसनीयतालाई कायम गर्दै प्रभावकारी सेवामा निरन्तर लाग्नुपनेमा जोड दिए । एनटिभिए गण्डकीका पूर्व अध्यक्ष बोबरजंग गुरुङले पर्यटक सवारी साधनको प्रभावकारिताका लागि वार्षिक क्यालेन्डर अनुसार नै यातायात क्षेत्रमा कार्यरत मजदुर(चालक/सहचालक) तथा व्यवसायीका लाति तालिम दिँदै आएको सुनाए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले हरियो नम्बर प्लेटका पर्यटक सवारी साधनमा कम दुर्घटना हुुनुका साथै राम्रो कन्डिसनमा रहने गरेको अनुभव सुनाए । एनटिभिए गण्डकी अध्यक्ष दुर्गादत्त दहालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव विकास कँडेल प्रथम उपाध्यक्ष रवि आचार्य, द्वितीय उपाध्यक्ष सूर्यबहादुर गुरुङ लगायतले बोलेका थिए ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया