पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

पाेखरा ।
माओवादी संसदीय दलबाट कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट हेर्दाहेर्दै राखिएको छ । माओवादीले गरेको कारबाहीको विरुद्ध सर्वोच्च पुगेका देवकोटाको आइतबार पेशी थियो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको देवकोटाको मुद्दामा आइतबार हेर्दाहेर्दैमा राखिएको छ ।
देवकोटाले असार ६ गते आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादीको सांसद भएको दाबी गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । माओवादी संसदीय दलले आफ्नो दलले लगाएको ह्वीप उल्लंघन गरेको भन्दै निलम्बन गरेको थियो । निलम्ब्न पत्र प्रदेश सभामुख कृष्णप्रसाद धितालले संसदमा पढेर सुनाइसकेका छन् । कारबाही फुकुवा गराउन माग गर्दै देवकोटा सर्वोच्च पुगेका हुन् ।







आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया