पदमुक्त सांसद देवकोटाले दायर गरेको रिटमा आज सुनुवाइ जारी

पोखरा ।
गण्डकी प्रदेशका पदमुक्त भएका सांसद फणिन्द्र देवकोटाले आफूमाथि कारबाही गर्ने निर्णय बदर गर्न माग गरिएको रिटमाथि सोमबार दोस्रो दिनको सुनुवाइ सुरू भएको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेसी तोकिएको देवकोटाको मुद्दा बहसका लागि बाँकी रहेकाले हेर्दाहेर्दैमा राखेको थियो ।
रिटमा गण्डकी प्रदेशसभा सभामुख,गण्डकी प्रदेशसभा,माओवादी केन्द्र,माओवादी केन्द्र गण्डकी प्रदेसभाका संसदीय दलका नेता हरिबहादुर चुमान,निर्वाचन आयोग काठमाडौंलगायतलाई विपक्षी बनाइएको छ ।
माओवादी संसदीय दलले लगाएका ह्विप उल्लघन गर्दै जेठ २८ गते देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा विश्वासको मत दिएका थिए । देवकोटा जेठ ३२ गते पदमुक्त भएका थिए । गोरखाबाट माओवादी केन्द्रको निर्वाचन चिन्हबाट निर्वाचित भएका हुन् ।
उनले आफूलाई माओवादीले कारबाही गर्न नमिल्ने भन्दै सांसदमा पुनर्बहालीको मागसहित सर्वोच्च गएका हुन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया